काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू आज धार्मिक–पर्यटकीय स्थल खप्तड जाने भएका छन् ।
खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन ।
योग गोरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।
प्रधानमन्त्री पहिला सुर्खेतमा रक्षामन्त्री पूर्णबहादुर खड्काको भाइबुहारी डा.सञ्जु खड्काको श्रद्धाञ्जलि सभामा सरिक हुनेछन् । त्यसपछि खप्तड जाने कार्यतालिका रहेको छ।
सम्मेलनका अवसरमा योग गुरू रामदेव र आचार्य बालकृष्णले योग गराउने कार्यक्रम रहेको बताइएको छ।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस नेता रमेश लेखकलगायत नेताहरू पनि खप्तड जाँदैछन्।
Leave a Reply