Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चार खेल हुँदै

    सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चार खेल हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 756
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजधानीमा जारी सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबार चार खेल हुदैँछन् ।

    दोस्रो लेगको १२ औं चरण अन्तर्गत आज दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।



    दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्रि–स्टार क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ ।



    त्यस्तै, सोही रंगशालामा साँझ ६ बजे हुने दोश्रो खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    यस्तै च्यासलमा एफसी खुमलटार र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

    उता, एन्फा मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको बिचको खेल पनि ३ बजे नै हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार