Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सञ्चारमन्त्री शर्मासँग जुनसुकै ठाउँबाट भर्चुअल संवाद गर्न सकिने

    सञ्चारमन्त्री शर्मासँग जुनसुकै ठाउँबाट भर्चुअल संवाद गर्न सकिने

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 711
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि भर्चुअल संवाद गर्न सकिने भएको छ ।

    जसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भन्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।



    वेबसाइट https://www.mocit.gov.np/ मा गएर ‘मन्त्रीसँग भर्चुअल संवाद’ क्लिक गरी संवाद प्रक्रिया अघि बढाउन सकिनेछ । सोझै https://mocit.gov.np/write-to-minister मा गएर पनि मन्त्रीलाई मन्त्रालय वा सरकारसँग सम्बन्धित गुनासो वा सुझाव राख्न सकिने व्यवस्था गरिएको छ ।

    यसले देशका जुनसुकै स्थानबाट पनि गुनासो र सुुझाव प्राप्त गर्न सकिने मन्त्रालयले विश्वास लिएको छ । मन्त्रीको सञ्चार सचिवालयबाट सम्बन्धित पक्षसँग समन्वय गरी जिज्ञासाको सम्बोधन साप्ताहिक रूपमा गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार