Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘ए’ डिभिजन लिगमा खुमलटारले एपीएफलाई हरायो

    ‘ए’ डिभिजन लिगमा खुमलटारले एपीएफलाई हरायो

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 612
    SHARES

    काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अन्तिम स्थानको खुमलटार युथ क्लबलले विभागीय टिम एपीएफलाई पराजित गरेको छ ।

    मंगलबार च्यासल मैदानमा भएको खेलमा खुमलटारले एपीएफलाई ३–१ गोलअन्तरले हराएको हो ।



    पहिलोपल्ट ए डिभिजन लिग खेलेको खुमलटार एपीएफलाई पराजित गरेपछि लिग तालिकाको अन्तिम स्थान छाडेको छ ।



    २५ खेलबाट उसको २७ अंक भएको छ । एक खेल कम खेलेको फ्रेण्ड्स क्लबको २६ अंक छ ।

    खुमलटारका लागि मेसुकेले पहिलो हाफमा दुई गोल गरे । स्टेफन समिरले दोस्रो हाफमा गोल गर्दै खुमलटारलाई ३–० को अग्रता दिलाए । एपीएफका लागि सनिश श्रेष्ठले एक गोल फर्काए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार