Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • इन्सपेक्टर बढुवामा आईजीपी निरीह, एआईजीको अस्वभाविक चलखेल

    इन्सपेक्टर बढुवामा आईजीपी निरीह, एआईजीको अस्वभाविक चलखेल

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 18K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी बसन्तबहादुर कुँवरलाई गुमराहमा पारी मानवश्रोतका एआईजी सन्दिप भण्डारीले स्वार्थपूर्ति गरेका छन् । एआईजी भण्डारीले कतिपय कारबाहीमा परेका र विवादित इन्सपेक्टरहरुलाई बढुवा गराई आर्थिक लाभ लिएको समेत लागेको छ ।

    बढुवामा बाहिर हल्ला गृहमन्त्रीको सचिवालयका अधिकारीहरुले पैसा उठाएको चलेपनि भित्रिकुरा भने एआईजी भण्डारीमाथि विश्वास गर्दा गृहमन्त्री श्रेष्ठ नराम्रोसँग चिप्लिएका छन् । केही दिन अघि मात्र गृहमन्त्री श्रेष्ठले एक कार्यक्रममा सरुवा बढुवामा कसैले पैसा उठाएको र चलखेल गरेको पुष्टि भए जोसुकैलाई पनि कारबाही गर्ने बताएका थिए ।



    तर, आफैले विश्वास गरेका एआईजी भण्डारीले गृहमन्त्री श्रेष्ठलाई घात गरी अधिकांश बद्नाम र विवादितलाई बढुवा गरेर स्वार्थपूर्ति गरेपनि बद्नाम भने गृहमन्त्रीको सचिवालयको भएको छ ।



    इन्स्पेक्टर बढुवामा आईजीपी कुँवर पनि निरीह बनेका छन् ।  उनी निरीह हुनुको एक मात्र कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनु हो । त्यसैको फाइदा एआईजी भण्डारीले उठाइरहेका छन् ।   कुँवरले असईबाट आएका एक जना कमल बेलबासेलाई मात्रै बढुवा गराउन सफल भएका छन् । बेलबासे कुँवरकै गृह जिल्ला अर्घाखाँचीका हुन् ।

    एआईजी भण्डारीकै मनोमानीका कारण वरियतामा अगाडि रहेका र राम्रो अंक पाएका इन्सपेक्टरहरु बढुवा सिफारिसमा छुटेका छन् । वरिष्ठताकै आधारमा आईजीपी भएका कुँवरले एआईजी भण्डारीलाई विश्वास गर्दा इन्सपेक्टर बढुवामा वरिष्ठहरुलाई पाखा लगाई घोर अन्याय गरेका छन् ।

    जसमध्ये विवादमा नपरेका दीपक मल्ल, आयुष जोशी, धनबहादुर बोहरा, ऋषिराम घर्ती मगर, निर्मल पनेरुहरू छुटेका छन् । इन्पेक्टरमा ३ नम्बरमा रहेका विकास बम १९ नम्बरमा पुर्याइएको छ भने ७ नम्बरमा रहेका राजेशराज पुरीलाई २० नम्बरमा पुर्याइएको छ । ६९ नम्बरमा रहेकी एलिजा गिरीलाई भने ४ नम्बरमा ल्याइएको छ भने २५ नम्बरमा रहेकी चेतना पोखरेलाई जिल्लाबासी भन्दै एआईजी भण्डारीले ६ नम्बरमा ल्याएका छन् ।

    त्यस्तै १०३ नम्बरमा रहेकी सुरक्षा केसीलाई पनि अगाडि ल्याइएको छ । १०४ नम्बरमा रहेका मिङ्मा शेर्पाको बढुवा खोतल्ने हो भने ठूलो आर्थिक चलखेल भएको कुरा बाहिर आउने प्रहरी स्रोत नै बताउँछ ।

    बढुवामा बरियतामात्र नभई कार्यक्षमतालाई प्राथमिकतामा राखिएको एआईजी भण्डारी आफैले बताउने गरेका छन् । तर, जहाँ इन्चार्ज दिंदा पनि विवादमा परेर तानिएकी र कार्य सम्पादन मूल्यांकन(कासमु) मा कमजोर रहेकी चेतना पोखरेललाई भण्डारीले अडान नै लिएर किन ६ नम्बरमा ल्याए भन्ने कुरालाई गृहमन्त्री श्रेष्ठले खोजी गर्ने हो भने भण्डारीको चलखेल प्रष्ट देखिने प्रहरी प्रधान कार्यालयकै एक उच्च अधिकारी बताउँछन् ।

    चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा वरिष्ठताको ठूलो अर्थ रहन्छ । कार्य सम्पादनमा उत्कृष्ट र जहाँ खटाउँदा पनि पुरस्कृत भएका र विभुषण पाएका इन्सपेक्टरहरुलाई बढुवामा बञ्चित गर्दा संगठनकै जीवनमा आघात पुग्ने प्रहरी अधिकारीहरु बताउँछन् । मानवश्रोतका एआईजी भण्डारीले गृहमन्त्रीलाई काविल अधिकृतहरुका बारेमा हुँदै नभएका मनोगणन्ते कुरा सुनाएर बढुवाबाट छुटाउने गरेका छन् । रेकर्डमा जनिनेगरी सचेत गराइएका बेदबहादुर पौडेल, एमाले नेताहरुका घर घरमा धाउने पोखरेल, कार्यक्षमता शुन्य भएकी गिरीलाई बढुवा गरेर वरिष्ठहरुको मनोबल गिराउने काम एआईजी भण्डारीले गरेका छन् ।

    एआईजी भण्डारी  हालका आईजीपी र अन्य एआईजी भन्दा ६ महिना अगाडि नै सेवानिवृत्त हुने हुँदा उनले ठूलो आर्थिक चलखेल गरी इन्सेपक्टर बढुवालाई विवादित बनाएको गृह स्रोत नै बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार