Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुनकोशी नदीमा खसेको गाडीसहित सिटिइभिटीका दुई कर्मचारीको शव भेटियो

    सुनकोशी नदीमा खसेको गाडीसहित सिटिइभिटीका दुई कर्मचारीको शव भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई कर्मचारीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गाडीसँगै दुई जनाको शव घटनास्थल नजिकै भेटिएको हो ।

    सशस्त्र प्रहरीको बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले दुई जनाको शव र गाडी निकालेको हो ।



    दुबै शवको सनाखत गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । बा१झ ७४६७ नम्बरको सीटीईभीटीको जिप भक्तपुरबाट खोटाङ जाने क्रममा शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।



    उक्त गाडीमा चालकसहित चार जना सवार थिए । चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी पौडी घाइते थिए । चालक चौधरी पौडिएर बाहिर निस्केका थिए ।

    सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए । उनीहरूमध्ये एक जना अझै बेपत्ता छन‍् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार