Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सुनसरीका तत्कालीन जिसस प्रमुख भण्डारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सुनसरीका तत्कालीन जिसस प्रमुख भण्डारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 972
    SHARES

    काठमाडौं । सुनसरीका तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा भण्डारीसहित तत्कालीन जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराई, प्रोप्राइटर रामप्रसाद श्रेष्ठ र आरके कन्स्ट्रक्सन इटहरी–८ सुनसरीका प्रतिनिधि कृष्णबहादुर कटुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।



    सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं आफ्नो पदीय अधिकार दुरुपयोग गरी भ्रष्टाचार गरेको अरोपमा उनीहरु विरुद्ध आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।



    प्रवक्ता दाहालका अनुसार उनीहरूले संवैधानिक र कानूनी प्रावधानविपरीत कृषि तथा बनकस जडिबुटिको जिल्ला निकासी कर संकलन गर्न ठेक्का लगाउँदा कानूनबमोजिम लिनुपर्ने जमानत नलिई र सम्झौतासमेत नगरी गैरकानूनीरुपमा कर संकलन गर्न लगाएका थिए ।

    साथै संकलन भएको कर कबोल अनुसारको रकम जिल्ला समन्वय समितिलाई नबुझाई हिनामिना गरेका अख्तियारको दाबी छ । उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम कसुर गरेकोले ८० लाख ५२ हाजर रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा १५ बमोजिम कैद र जरिबानासमेतको मागदाबी गर्दै आरोप पत्र दायर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार