Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • युक्रेनको काखोभ्का जलविद्युत् बाँधमा विस्फोट

    युक्रेनको काखोभ्का जलविद्युत् बाँधमा विस्फोट

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । युक्रेनको रुस नियन्त्रित क्षेत्र खेरसनमा रहेको नोभा काखोभ्का बाँधमा विस्फोट भएको छ ।

    विस्फोटका कारण बाँध भत्किएपछि युक्रेनी सेनाले दिनप्रो नदीमा बाढी आउनसक्ने भन्दै आसपासका बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा जान सुझाव दिएको छ ।



    बाँधमा विस्फोट गराएको बारेमा रुस र युक्रेनले एक अर्कालाई आरोप लगाइरहेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आपत्कालीन बैठक बोलाएर घटनाबारेमा निन्दा गरे ।



    रुसले बाँध भत्काएको आरोप लगाउँदै युक्रेनले यसबाट ठूलो पर्यावरणीय नोक्सान हुने पनि बताएको छ । तर रुसको रक्षा मन्त्रालयका प्रवक्ता दिमित्री पेस्कोभले बाँध युक्रेनले नै ध्वस्त पारेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार