Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • यू-२० महिला एसियन कप : नेपाल पहिलो खेलमा म्यानमारसँग पराजित

    यू-२० महिला एसियन कप : नेपाल पहिलो खेलमा म्यानमारसँग पराजित

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको छ ।

    यानगोनस्थित थुवुन्ना स्टेडियममा मंगलबार नेपाललाई म्यानमारले ५-० गोल अन्तरले हराएको हो ।



    समूह बी मा आफ्नो पहिलो खेलमा नेपालले कडा चुनौती प्रस्तुत गर्ने लक्ष्य राखे पनि गोल गर्न सकेन ।



    याङ्गुनस्थित युवुन्ना स्टेडियममा भएको खेलमा घरेलु टोली म्यानमारका लागि यिन लुन इयानले ह्याट्रिक गरिन् ।

    उनले ४४औं, ४७औं र ९०औं मिनेटमा गोल गरिन् । यस्तै जिन मोए प्याएले २२औं र युन वादी हलाइङ्गले ६९औं मिनेटमा गोल गरिन् ।

    मंगलबारै भएको समूह बी को पहिलो खेलमा चीनले चाइनिज ताइपेईलाई १-० ले पराजित गरेको छ । नेपालले दोस्रो खेल बिहीबार चीनसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार