Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सुनकोशी नदीमा गाडीसहित फेला परेका सिटिइभिटीका दुई कर्मचारीको शव सनाखत

    सुनकोशी नदीमा गाडीसहित फेला परेका सिटिइभिटीका दुई कर्मचारीको शव सनाखत

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा फेला परेको सिटिइभिटीका दुई कर्मचारीको शवको सनाखत भएको छ।

    सिटिइभिटीको प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव फेला परेको हो।



    गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित नदीमा दुई जनाको शव फेला परेको थियो। दुई वटै शवको सनाखत भएको सिन्धुली प्हरीले जनाएको छ ।



    उनीहरूलाई सशस्त्र प्रहरी बलको गोताखोरले बेपत्ता भएको गाडीभित्रैबाट फेला पारेको हो। दुवैको शवलाई सिन्धुली अस्पतालको शववहानमा राखेर मंगलबार राति ८ बजे नै काठमाडौंतर्फ ल्याइएको छ।

    गत शुक्रबार बिहान अन्दाजी साढे ११ बजे गोलन्जोर गाउँपालिका–७ लौकुनबाट बा १ झ ७४६७ नम्बरको गाडी नदीमा खसेको थियो। योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल भने अझै बेपत्ता छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार