Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • क्यालिफोर्निया उडेको एयर इन्डियाको विमान रुसमा अवतरण

    क्यालिफोर्निया उडेको एयर इन्डियाको विमान रुसमा अवतरण

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    एजेन्सी। भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति उडेको एयर इन्डियाको विमान आकाशमा समस्या आएपछि रुसको विमानस्थलमा अवतरण गरेको छ ।

    चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर उडेको एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या देखिएको थियो ।



    निर्धारित समयमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबार सानफ्रान्सिस्कोतर्फ उडेको विमानको एउटा इन्जिनमा प्राविधिक खराबी उत्पन्न भएपछि रुसको मगदान विमानस्थलमा सुरक्षित अवतरण भएको एयर इन्डियाले जनाएको छ ।



    यसअघि यसै वर्षको अप्रिलमा खराब मौसम र आकाशमा विमानहरूको भीडभाडका कारण चेन्नईबाट सिङ्गापुरतर्फ प्रस्थान गरेको एयर इन्डियाको विमानलाई पथान्तरण गरेर मलेसियामा अवतरण गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार