Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • तार्केश्वरमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु

    तार्केश्वरमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बसको ठक्करबाट धर्मस्थलीमा एक किशोरको मृत्यु भएको छ।

    तार्केश्वर नगरपालिका-६ धर्मस्थलीमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु भएको हो ।



    मंगलबार राति साढे ६ बजे बा २ ख ८४१३ बस धर्मस्थलीबाट रत्नपार्क जाँदै थियो।



    त्यही बेलामा बसले पैदल हिडिँरहेका किशोरलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    ठक्करपछि गम्भीर घाइते भएका किशोरलाई ग्रीन सिटी अस्पतालमा लगिएको थियो।

    त्यहाँ उपचारको क्रममा ७ बजे उनको मृत्यु भएको हो। खोटाङ घर भएका ती किशोर काठमाडौंको तार्केश्वरमा डेरा गरी बस्दै आएका थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार