Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एशियन गेम्सका लागि गौरिकासहित ४ खेलाडी छनौट

    एशियन गेम्सका लागि गौरिकासहित ४ खेलाडी छनौट

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं ।  नेपाल पौडी संघले चीनको ग्वाङ्गझाउ सहरमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि चार खेलाडी छनौट गरेको छ ।

    पौडी संघले आयोजना गरेको ११ औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरी चार खेलाडी १९ औं एशियन गेम्सका लागि छनोट गरेको हो ।



    छनोट हुने खेलाडीहरुमा पुरुष तर्फ एलेक्जेण्डर गादेगार्ड शाह र नासिर याह्या हुसेन तथा महिला तर्फ गौरिका सिंह र डुवाना लामा रहेका छन् ।



    एनएसए कपमा एलेक्सले ६९२ फिना अंक प्राप्त गरेका थिए । यस्तै,नासिरले ६६४ अंक, गौरिका र डुवानाले समान ५८६ अंक प्राप्त गरेका थिए ।

    बैकल्पिक खेलाडीमा पुरुष तर्फ विकास कुमाल र महिला तर्फ अनुशिया तण्डुकार रहेका छन् । कुमालले ६०६ फिना अंक र अनुशियाले ५२८ अंक प्राप्त गरेका थिए ।

    यी चार खेलाडीले जापानको फुकुओकामा असार २९ देखि हुनगइरहेको पेरिस ओलम्पिक २०२४ को छनोट प्रतियोगिता समेत रहेको वल्र्ड अक्वाटिक च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार