Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • रुकुममा भेटिएका १२ वटा बम नेपाली सेनाद्वारा डिस्फोज

    रुकुममा भेटिएका १२ वटा बम नेपाली सेनाद्वारा डिस्फोज

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    रुकुम पश्चिम । रुकुम पश्चिममा मंगलबार दिउँसो भेटिएका बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ ।

    जिल्लाको मुसीकोट नगरपालिका वडा नम्वर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा फेला परेका बम रुकुम पश्चिममा रहेको नेपाली सेनाको चण्डिदल गण सल्लेको टोलीले डिस्फोज गरेको हो ।



    उप सेनानी दुर्गा केसीको नेतृत्वमा गएको टोलीले १२ थान बम डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।



    ११ वटा रेडबुलको बट्टा र एउटा रबरको ग्यालेनमा राखिएको बम डिस्फोज गरिएको हो । ती बमहरु केही वर्ष पहिला नै फालिएको हुनसक्ने आँकलन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार