Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सीबीआईले गर्ने भयो उडिशा रेल दुर्घटनाको अनुसन्धान

    सीबीआईले गर्ने भयो उडिशा रेल दुर्घटनाको अनुसन्धान

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 978
    SHARES

    उडिशा । उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ ।

    एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइते यात्रीलाई हालसम्म १६ करोड क्षतिपूर्ति उपलव्ध गराइएको छ ।



    दक्षिण पूर्वी रेलवेका एक अधिकारीका अनुसार आजसम्ममा क्षतिपूर्ति पाएका ५३१ जनामध्ये सामान्य घाइते भएका ३०३ जना, गम्भीर घाइते भएका १०९जना र मृत्यु भएका ११९ जनालाई १५ करोड ६० लाख क्षतिपूर्ति प्रदान गरिएको छ ।



    आफ्नो परिवारका सदस्य गुमाएका र क्षतिपूर्ति लिन चाहने परिवारलाई कटक, मिदनापुर, भुवनेश्वर र बालासोरमा स्थापना गरिएका सहयोग केन्द्रमा सम्पर्क गर्न दक्षिणपूर्वी रेलवेका आदित्य कुमार चौधरीले बताएका छन् ।

    यसैबीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुर्घटनाग्रस्त कोरोमण्डल एक्सप्रेसमा सवार आफ्नो राज्यका ३१ जना यात्री अझै बेपत्ता रहेका बताएकी छन् । दुर्घटनामा २७८ जनाको ज्यान गएको छ भने एक हजार १०० जना घाइते भएका छन् । दुर्घटनाको केन्द्रीय जाँच ब्युरो सीबीआईले अनुसन्धान गर्ने भएको छ । करिब तीन दशकयता भारतमा यति भीषण सार्वजनिक यातायात दुर्घटना भएको थिएन । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार