Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमाले नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर, को–कहाँ खटाइए ? [सूचीसहित]

    एमाले नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर, को–कहाँ खटाइए ? [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 534
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले फरकफरक भूगोलमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी हेरफेर गरेको हो ।

    गत जेठ १९ गते गरेको पार्टी सचिवालयको निर्णयलाई अन्तरपार्टी निर्देशनमार्फत उसले सर्कुलर गरेको हो । एमालेका सात उपाध्यक्षहरूले विभागहरूको कामको संयोजनको जिम्मा पाएका छन्। सचिवहरू प्रदेशको इन्चार्ज तोकिएका छन्।



    बाँकी पदाधिकारीहरूले विभागीय प्रमुखको जिम्मेवारी पाइरहँदा स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन्।



    एमालेले यसपटक सहइन्चार्ज हटाएर केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएको छ ।

    एमालेले केही महिना अघि चलाएको ग्रास रुट अभियानबाट प्राप्त सुझाव अनुसार पार्टीलाई सबल र सुदृढ बनाउन नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार