Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कल बाइपास गरेको आरोपमा एक चिनियासहित २ जना पक्राउ

    कल बाइपास गरेको आरोपमा एक चिनियासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 783
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कल बाइपास गरेको आरोपमा एक जना चिनियासहित दुई जनालाई पक्राउ गरेको छ ।

    सीआईबीले कल बाइपास गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । घटनाको विषयमा अनुसन्धान भैरहेको र २ जना नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।



    पक्राउ पर्नेमा २२ वर्षीय गणेश श्रेष्ठ र ४० वर्षीय चिनियाँ नागरिक झाओ रहेका छन् । चिनिया नागरिक झाओ ३ महिनादेखि नेपाल बस्दै आएका थिए ।



    उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट ओटीपी बाइपास गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । सामाजिक सञ्जाल भाइबर, टिकटक, फेसबुक लगायतका एपमा वान टाइम पासवर्ड ओटीपी बाइपास गर्ने गर्थे ।

    उनीहरूको साथबाट ४ लाख ८० हजार नेपाली रुपैयाँ, १ हजार ९ सय अमेरिकी डलर, २ हजार ४ सय थान नेपाली सिम कार्ड, १२८ वटा एन्टेना पनि प्रहरीले बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार