Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मेयर बालेनलाई ब्रसेल्स भ्रमण जान सरकारले दियो स्वीकृति

    मेयर बालेनलाई ब्रसेल्स भ्रमण जान सरकारले दियो स्वीकृति

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 603
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बेल्जियमको भ्रमण गर्ने भएका छन् ।

    मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले मेयर बोलेनको भ्रमण स्वीकृत गरेको हो ।



    जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन मेयर बालेन बेल्जियम जान लागेका हुन् ।



    यस्तै आजकै मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ ।

    त्यसै गरी कालीमाटी तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय पनि भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार