Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • घोराही सिमेन्टले जेठ ३२ गतेदेखि आइपिओ निष्कासन गर्ने

    घोराही सिमेन्टले जेठ ३२ गतेदेखि आइपिओ निष्कासन गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 975
    SHARES

    काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।



    कम्पनीको आइपिओमा जेठ ३२ गतेदेखि असार ४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गर्नेछ।

    उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

    कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार