Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मन्त्रिपरिषद्‍बाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो

    मन्त्रिपरिषद्‍बाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 519
    SHARES

    काठमाडौं । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ ।

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत ब्यापारसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



    मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसद्मा पेश गर्न अनुमति दिएको हो ।



    नेपाल र भारतका बीचमा सन २०१४ मै भएको विद्युत व्यापार सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भारत भ्रमणका क्रममा नेपालको विद्युत बंगलादेश लैजान दिने सम्बन्धमा भारतीय पक्षसँग नेपाली पक्षले प्रस्ताव राखेको थियो ।

    यस प्रस्तावमा भारत सकारात्मक भएसँगै मन्त्रिपरिषदले विद्युत व्यापार सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार