Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतीय नोटसहित कपिलवस्तुबाट एक जना पक्राउ

    भारतीय नोटसहित कपिलवस्तुबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 810
    SHARES

    कपिलवस्तु । कपिलवस्तु प्रहरीले ४ लाख १७ हजार भारतीय नोटसहित एक जनालाई प्रकाउ गरेको छ ।

    जिल्लाको सीमानाका कृष्णनगरस्थित यात्रुगेटबाट ४ लाख १७ हजार भारतीय नोटसहित राप्ती गाउँपालिका ३, दाङ बस्ने २२ वर्षीय राजकुमार पुनमगर पक्राउ परेका हुन् ।



    मंगलबार राति ९ बजेतिर भारतको बढनीबाट नेपालतिर आउँदै गरेका पुनमगरले बोकेको झोला जाँच गर्दा उक्त रकम बरामद गरिएको हो ।



    भारतीय पाँच सय दर ७९४ थान नोट र भारतीय दुई सय दरका एक सय थान स्रोत नखुलेको रकम बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

    मगरलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार