Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सच्याउनुपर्छ

    कांग्रेस महामन्त्री थापाले भने – जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सच्याउनुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 498
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन् ।

    बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्ने तर्फ सरकारले यथेस्ट ध्यान नपुर्‍याएको बताए ।



    महामन्त्री थापाले भने, ‘बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने र यसको काम जिल्ला प्रशासनमा सार्ने प्रस्ताव कार्यान्वयन भयो भने निर्वाचन आयोगको भूमिकालाई यसले संकुचित पार्छ र काम प्रभावित गर्छ।’

    सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्ताव गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार