Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भारत भ्रमण विगतको भन्दा परिणाममुखी भएको छ : प्रधानमन्त्री प्रचण्ड

    भारत भ्रमण विगतको भन्दा परिणाममुखी भएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 501
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण विगतकोभन्दा राम्रो भएको बताएका छन् ।

    राष्ट्रियसभाको बुधबारको बैठकमा भारत भ्रमणको सम्बन्धमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आफ्नो यसपटकको भारत भ्रमण विगतकोभन्दा फरक अनुभूति गरेको बताए ।



    प्रधानमन्त्रीले भने, ‘भारतीय प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत् नेपालबाट आयात गर्ने बताएका छन् । ऊर्जा व्यापार सम्झौता सबै हिसाबबाट सम्पन्न भएको छ । अब औपचारिकता दिनमात्र बाँकी छ । यसबाहेक ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित थप १२ सय मेगावाट क्षमताका आयोजनाबाट भारततर्फ जलविद्युत् निर्यातका लागि मैले गम्भीर रुपले ध्यानाकर्षण गराएको छु ।’

    प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्ध र हितका विषयमा खुलस्त रुपमा कुराकानी भएको र विश्वासको वातावरण बनेको बताए ।

    उनले आफ्नो भ्रमणले दुई देशका बीचको सम्बन्धलाई थप बलियो बनाउँदै भविष्यका लागि प्रस्ट मार्गचित्र तय गरेको बताए ।

    उनले सम्झौतामा परराष्ट्र सचिवस्तरबाट हस्ताक्षर भइसकेको भन्दै निकट भविष्यमै त्यसको औपचारिक प्रक्रिया पूरा गरिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार