Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • संसदमा सुमना श्रेष्ठको प्रश्न – गरिबलाई कर थोपर्ने काम भयो, हरेक सासको मोल कति ?

    संसदमा सुमना श्रेष्ठको प्रश्न – गरिबलाई कर थोपर्ने काम भयो, हरेक सासको मोल कति ?

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले गरिबलाई झन् गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको आरो लगाएकी छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएकी हुन् ।



    सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यान्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्वीकार्य नहुने बताइन् ।



    सांसद श्रेष्ठले भनिन्,‘गरिबलाई कर थोपर्ने काम भयो । आफूले टार्गेट गरेको कर उठेन भने अब त अर्को वर्ष तपाईँले सासमा पनि कर लगाउनुहुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसाबले रोकिएको छ । जनताको लागि अव हामी रोक्छौं । यस्तो गरिबहरूलाई बढी गरिब बनाउने कर स्वीकार्य छैन । यसको विरोध गर्छौं ।’

    सांसद श्रेष्ठले गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ? भनी अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रश्न समेत गरिन् । सांसद श्रेष्ठले गरिबिलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरूलाई मारमा पार्ने काम हुनै नसक्ने बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार