Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • घाँस काट्न गएकी महिला उखुबारीमा मृत फेला, अनुसन्धान गर्दै प्रहरी

    घाँस काट्न गएकी महिला उखुबारीमा मृत फेला, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

    जिल्लाको बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोलकी ४५ वर्षीया दुर्गा थापा मृत भेटिएकी हुन ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी बिहीबार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् । तर राति अबेरसम्म नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव भेटिएको हो ।

    अहिले शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार