Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • व्यवसायीले रोके आलु प्याजको आयात

    व्यवसायीले रोके आलु प्याजको आयात

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल कृषि उपज आलु तथा प्याज आयात निर्यात तथा थोक विक्रेता संघले आलु प्याजको आयात नगर्ने भएको छ ।

    आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सरकारले आलु तथा प्याजमा भ्याट आकर्षित गरेको भन्दै संघले आयात नगर्ने बताएको हो ।



    सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरू आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको छ।

    देशमा महँगी बढिरहेको बेलामा आलु, प्याज जस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनु भएको संघले जनाएको छ ।

    यस्तो नीतिले व्यवसाय सङ्कुचित हुने र १३ प्रतिशत भ्याट लगाउँदा आलु प्याज एक तिहाइले महँगिने संघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार