Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने

काठमाडौं । नेपालमा यस वर्षको मनसुन प्रवेश गरेको छ।

कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आइपुगेको हो ।

यस वर्षको मनसुन सरदर मिति भन्दा ढिला गरि नेपालमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन जेठ २६ गते भारतको केरला पुगेको थियो । त्यहाँबाट नेपालमा पाँच दिनपछि आइपुगेको हो।

नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ। यसपालि एकदिन ढिला गरी मनसुन प्रवेश गरेको महाशाखाले जनाएको छ।

मनसुन पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभरी फैलिन केही दिन लाग्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077