Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • प्रधानन्यायाधीशमा अनुमोदित कार्कीले साँझ ५ बजे ग्रहण गर्दै

    प्रधानन्यायाधीशमा अनुमोदित कार्कीले साँझ ५ बजे ग्रहण गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 999
    SHARES

    काठमाडौं । संसदीय समितिले नाम अनुमोदन गरेसँगै प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजै नियुक्ति गरी आजै शपथको तयारी भएको छ ।

    राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीश सिफारिस  कार्कीलाई आजै नियुक्ति दिएर साँझ ५ बजे शपथको तयारी गरेको हो ।



    बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रधानन्यायाधीशमा उनको नाम सर्वसम्मतिले अनुमोदन हो।

    कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए। त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो।

    आज सपथ लिएर कार्यभार सम्हालेपछि उनीसँग २० दिनको समय हुनेछ। तर त्यसमा शनिबार कटाउदाँ उनले १७ दिनमात्र अदालतमा उपस्थित भएर मुद्दाको सुनुवाइमा बस्न पाउनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार