Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • धितोपत्र बोर्डले स्थगन गर्यो घोराही सिमेन्टको आईपीओ निष्कासन

    धितोपत्र बोर्डले स्थगन गर्यो घोराही सिमेन्टको आईपीओ निष्कासन

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ निष्काशन प्रक्रिया स्थगित गरेको छ ।

    बोर्डले सोमबार सूचना जारी गर्दै सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै हाललाई उक्त कम्पनीको सेयर निष्कासन सम्बन्धी सम्पूर्ण काम रोक्ने निर्णय गरेको जनाएको छ।



    कम्पनीको आईपीओ खरिद गरेर पनि ठूलो मात्रामा अस्वीकृत (अनभेरिफाइड) भएपछि मिलेमतोमा बदमासी गरेको आशंका गरिएको छ ।

    कम्पनीको आईपीओमा माग गरिएको भन्दा बढी आवेदन परेको भएपनि समय थप गर्दा शंकाको घेरामा राखिएको छ ।

    आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार