Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पहिरोका कारण कान्ति लोकपथ बन्द

मकवानपुर । पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ बन्द भएको छ ।

गएरातिदेखि परेको वर्षाका कारण ललितपुरको भट्टेडाँडा नजिक पहिरो खस्दा सो सडक बन्द भएको हो ।

पहिरोका कारण उक्त सडक भएर सञ्चालन हुने यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट कान्ति लोकपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको सवारीसाधनहरूलाई ललितपुरको भट्टेडाँडा प्रहरी चौकी र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको सवारी साधनहरूलाई मकवानपुरको प्रहरीले ठिंगनमा रोकेको छ ।

मौसममा सुधार आएसँगै पहिरो पन्छाएर दुवैतर्फको यातायात सञ्चालनमा ल्याउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077