Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • मेयरको चुनावमा कुकुर पनि उम्मेदवार

    मेयरको चुनावमा कुकुर पनि उम्मेदवार

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । क्यानडाको टोरन्टोमा हुन गइरहेको चुनावमा कुकुर पनि उम्मेदवार बनेको छ ।

    मेयर पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा मोली नामको कुकुरको पनि उम्मेदवारी रहेको खुलेको हो ।



    मोलीका मालिक टप्सी हिप्सले सडकमा पोखिने नुनको विरुद्धमा कुकुरलाई मेयरको उम्मेदवार बनाएको बताए ।

    जाडोमा सडकको हिउँ पगाल्न प्रयोग गरिने ठूलो मात्राको नुनले कुकुरको खुट्टामा गम्भीर असर गर्ने र यसको बारेमा आवाज उठाउँदा सुनुवाइ नभएपछि कुकुरलाई नै मेयरको उम्मेदवार बनाएको टप्सीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार