Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मकवानपुरमा भेटियो ३३ किलोको अजिंगर

मकवानपुर । मकवानपुरको एक सामुदायिक वनमा ३३ किलोको अजिंगर फेला परेको छ।

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा शनिबार ३३ किलोको अजिंगर फेला परेको हो।

अजिंगरले हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका छन्।

चराउन लगेको बोकालाई अजिंगरले आक्रमण गरेपछि स्थानीय युवाले नियन्त्रणमा लिएका थिए।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जंगलमा अजिंगर देखापरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077