Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • बलिउड अभिनेता शाहरूख खानको दुर्घटना

    बलिउड अभिनेता शाहरूख खानको दुर्घटना

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 2.4K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता शाहरूख खान दुर्घटनामा परेका छन् । अमेरिकास्थित लस एन्जलसमा एक प्रोजेक्टको छायांकन सेटमा खानको दुर्घटना भएको हो।
    दुर्घटनामा परेका शाहरूखको नाकमा चोट लागेको छ।

    चोट लागेपछि उनलाई नजिकको अस्पताल लगिएको थियो। मंगलबार उनको सामान्य शल्यक्रिया समेत गरिएको छ। शल्यक्रियापछि शाहरूख आफ्नो घर फर्किएका छन्।



    एसकेआर लस एन्जसमा एउटा प्रोजेक्टको लागि छायांकन गरिरहेका थिए। शाहरूख आगामी फिल्म ‘जवान’ मा देखिदैछन्।

    एटलीले निर्देशन गरेको फिल्ममा दक्षिण भारतीय फिल्म क्षेत्रकी लेडी सुपरस्टार नयनताराको पनि मुख्य भूमिका छ।

    यो फिल्मपछि उनी राजकुमार हिरानीले निर्देशन गर्ने फिल्म ‘डंकी’ मा देखिनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार