Online Nepal
  • बिहिबार, ८ साउन २०८२
  • जापान र दक्षिण कोरियालाई वाङ यीको कटाक्ष : कपाल जति खैरो पारे पनि तपाईंहरु पश्चिमा बन्न सक्नुहुन्न

    जापान र दक्षिण कोरियालाई वाङ यीको कटाक्ष : कपाल जति खैरो पारे पनि तपाईंहरु पश्चिमा बन्न सक्नुहुन्न

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले जापान र दक्षिण कोरियालाई पश्चिमबाट रणनीतिक स्वायत्तता हासिल गर्न आह्वान गरेका छन् ।

    एसियालाई पुनर्जागृत गर्न चीनसँग सहकार्य गर्न पनि उनले आग्रह गरे । चीनको पूर्वी सहर चिङताओमा आयोजित त्रिपक्षीय फोरमको साइडलाइनमा सोमबार वाङले यस्तो बताएका हुन् ।



    उनले धेरैजसो अमेरिकी र युरोपेलीहरुलाई चीन, जापान र दक्षिण कोरियाबीचको फरक समेत थाहा नहुने बताए ।

    ‘तपाईं कपाल जति खैरो पार्नुस्, नाक जति तीखो पार्नुस्, तपाईं कहिल्यै पनि युरोपेली वा अमेरिकी बन्नुहुने छैन । तपाई कहिल्यै पनि पश्चिमा बन्नुहुने छैन,’ वाङले भने, ‘हामीले हाम्रो जरा कहाँ छ, थाहा पाउनै पर्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार