Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने महिला टोलीको बिदाइ

काठमाडौं । आगामी जुलाईमा बंगलादेशमा हुने मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले टोलीलाई बिदाइ गरेका हुन् ।

१९औं एसियाली खेलकुदको तयारी स्वरूप नेपालले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। जुलाई १३ र १६ मा बंगलादेशको ढाकामा नेपालले दुईवटा खेल खेल्ने भएको हो।

१९औं एशियाली खेलकुद २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म चीनको हाङचाउमा आयोजना हुँदै छ।

बुधबारदेखि शुक्रबारसम्म तीन दिनको प्रशिक्षणपछि प्रारम्भिक चरणमा बोलाइएका टोलीबाट मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे

मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077