Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली ढाका प्रस्थान

काठमाडौं । आगामी जुलाईमा बंगलादेशमा हुने दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली ढाका प्रस्थान गरेको छ ।

मंगलबार ३१ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । १९औं एसियाली खेलकुदको तयारी स्वरूप नेपालले बंगलादेशको ढाकामा पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ ।

१९औं एशियाली खेलकुद २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म चीनको हाङचाउमा आयोजना हुँदैछ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे

मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077