Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं । बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

राजधानी ढाकामा साँझ पौने ६ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् ।

असोज पहिलो सातादेखि हुने १९औं एसियाली खेलकुदको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रिपूर्ण खेल्न लागेको हो ।

नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनको फाइनलपछि पहिलो पटक भिड्न लागेका हुन् । साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

यस्तो छ नेपालको सुरुवाती–११
फरवार्ड : सावित्रा भण्डारी
मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, प्रिती राई, अमिषा कार्की, दिपा शाही,
डिफेन्डर : विमला विक, समीक्षा घिमिरे, अमृता जैसी, हिरा कुमारी भुजेल
गोलरक्षक : एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077