Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुनजस्तो देखिने वस्तुसहित हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । प्रहरीले सुन जस्तो देखिने वस्तुसहित मकवानपुरबाट एक पुरुषलाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट सुन जस्तो देखिने वस्तु करिब ४ सय ९० ग्रामसहित पर्सा वीरगंज महानगरपालिका-१ बस्ने ३५ वर्षीय प्रभु साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ७४५० नम्बरको टाटा सुमो गाडीबाट उनलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेका सोनार र सो वस्तुबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077