Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सावित्राको गोलमा बंगलादेशविरुद्ध हारबाट जोगियो नेपाल

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग बराबरी खेलेको छ ।

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग १–१ गोलको बराबरी गरेका हुन् ।

बङ्गलादेशकी सबिना खातुनले खेलको ६५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएको थिइन् । तर नेपालकी सावित्रा भण्डारीले थपिएको ४ मिनेटको इन्ज्युरी समयमा गोल गर्दै टोलीलाई बराबरीको अवस्थामा ल्याइन् ।

गएको वर्ष भदौमा काठमाण्डौमा सम्पन्न साफ च्याम्पियनशिपको फाइनलपछि नेपाल र बङ्लादेशले दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेका हुन् । नेपाल र बङ्लादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077