Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • रास्वपा सांसद सुमना श्रेष्ठले संसदमा ‘गुण्डा’ भनेपछि रेकर्डबाट हटाउन माग

    रास्वपा सांसद सुमना श्रेष्ठले संसदमा ‘गुण्डा’ भनेपछि रेकर्डबाट हटाउन माग

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 633
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले रास्वपा सांसद सुमना श्रेष्ठको अभिव्यक्ति संसदीय मूल्य मान्यता विपरीतका रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेका छन् ।

    आइतबार बसेको बैठकमा सांसद श्रेष्ठले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ विधेयकमाथि बोल्ने क्रममा ‘गुण्डाशैली’ भनेपछि संसदको रेकर्डबाट हटाउन माग भएको हो ।



    सांसद श्रेष्ठले उक्त ऐनले हिंसालाई माफी दिने गरी आएको भन्दै आपत्ति जनाएकी थिइन्।



    सभामुख देवराज घिमिरेले सांसद बजगाईले भनेको भनाईप्रति ध्यानाकर्षण भएको बताउँदै अभिब्यक्ति के आएको छ हेरेर उचित निर्णय लिने जानकारी गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार