Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • काठमाडौंको फोहोर आजदेखि नउठ्ने

    काठमाडौंको फोहोर आजदेखि नउठ्ने

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि फोहोर उठाउन छाडिएको छ । उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि फोहोर उठाउन छाडिएको हो ।

    नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले गत आइतबारदेखि फोहोर बोकेर गएका गाडीलाई बाटोमै रोक्ने गरेका छन् ।



    फोहोर उठाएपछि विसर्जन गर्न नपाइने भएपछि उपत्यकामा फोहोर संकलन गर्दै आएका निजी कम्पनीहरुले फोहोर उठाउन छाडेका हुन् ।

    यसैबीच, सर्वोच्च अदालतको आदेशपछि ककनी गाउँपालिकाले फोहोर लिएर जाने गाडीबाट शुल्क असुल्ने निर्णय स्थगित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार