Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • कोरिया गएर फर्किएका लागि इपिएस भाषा परीक्षाको आवेदन खुल्यो

    कोरिया गएर फर्किएका लागि इपिएस भाषा परीक्षाको आवेदन खुल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 885
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ।

    पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो।



    परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ।

    ‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो,’ शाखाले सूचना प्रकाशित गरेर भनेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार