Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिका पठाइदिन्छु भन्दै साढे २० लाख ठगी गर्ने सुजन पक्राउ

काठमाडौं । अमेरिका पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्जुङको दोर्दी गाउँपालिका-१ घर भई हाल बनस्थली ढुंगेधारा बस्ने २८वर्षीय सुजन अधिकारी रहेका छन् ।

अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

अधिकारीले नुमा केसीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाई दिने भन्दै २० लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।

अधिकारीले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पक्राउ परेका अधिकारीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077