Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय लेख्न महामन्त्रीद्वयसहित पाँच नेतालाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णयको मस्यौदा लेख्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच नेतालाई जिम्मेवारी दिएको छ ।

मंगलबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले महामन्त्रीद्वय थापा, शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई जिम्मेवारी दिएको हो । साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक भोलि सकिँदैछ ।

बैठकमा उठेका प्रश्नको जवाफ दिएर भोलि ४ बजे बैठक समापन गर्ने तयारीमा रहेका सभापति देउवाले उनीहरूलाई निर्णय लेख्ने जिम्मेवारी दिएको बताइएको छ । बुधबार बिहान बस्ने महामन्त्रीसहितको बैठकले केन्द्रीय बैठकको निर्णय अन्तिम निष्कर्ष निकाल्ने छ ।

यस्तै पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, महामन्त्री गगन थापाको १३ बुँदे लिखित प्रस्ताव, सरकार र पार्टीको विषयमा गरिनुपर्ने निर्णयबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077