Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रमुख निर्वाचन आयुक्तलाई महाभियोग लगाउन सांसद यादवको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्तलाई महाभियोग लगाउन माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो बताएका हुन् ।

सांसद यादवले भने, ‘हिजोमात्र प्रमुख निर्वाचन आयुक्तले एउटा विज्ञप्ति जारी गर्नुभएको छ । जनप्रतिनिधिहरुले खर्च विवरण बुझाएन, सार्वजनिक गरेन भनेर विज्ञप्ति निकाल्नुभएको छ । त्यो विज्ञप्ति कस्तो छ भने जनप्रतिनिधिहरुको चरित्र हत्या हुनेगरी योजना बनाएर प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभयो सभामुख महोदय । जबकि हामीले समयमै खर्चको विवरण बुझाएका छौँ । जिल्ला निर्वाचन कार्यालयमा रेकर्ड छ । हामीले आफ्नो फेसबुक पेज मार्फत, सामाजिक सञ्जालमार्फत खर्चको विवरण सार्वजनिक पनि गरेका छौँ ।’

सांसद यादवले चरित्रहत्या गर्ने मनसायले विज्ञप्ति निकालेर आफ्नो मानहानी गरेको आरोप लगाए।

प्रमुख आयुक्त थपलियाले जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै उनले माफी नमागे मानहानीको मुद्दा लगाउने वा महाअभियोग लगाउने चेतावनी दिए ।

प्रमुख आयुक्तले जानीजानी र कानुनको आफैं ब्याख्या गरेर जनप्रतिनिधिको चरित्र हत्या गरेको यादवले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077