काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनिएको केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक स्थगित भएको छ ।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकका लागि केही आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि ती बैठक स्थगित गरिएको हो ।
उनका अनुसार बैठकको अर्को मिति केन्द्रीय सचिवालयको बैठकले तय गर्ने छ।
यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरिएको थियो।