Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साईप्रस पठाइदिने भन्दै दुई लाख ठगी गर्ने राजन पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साईप्रस पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई हाल काठमाडौंस्थति डल्लुमा बस्दै आएका ३३ वर्षीय राजन गिरी रहेका छन्।

गिरीले साइप्रस पठाइदिने र त्यहाँ मासिक एक लाख कमाइ हुने भन्दै सौरभ नेपालसंग पटक पटक गरेर दुई लाख रकम लिई फरार भएका थिए।

रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077