Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोजगारीका लागि नेदरल्यान्ड्स पठाईदिन्छु भन्दै साढे ४५ लाख ठगी गर्ने कपिल पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेदरल्यान्ड्स पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर स्थायी घर भई काठमाडौंको शान्तिनगर बस्दै आएका ३७ वर्षीय कपिल वर्मा रहेका छन् ।

वर्माले नेदरल्यान्ड्स पठाइदिने भन्दै ६ जनासंग ४५ लाख ५० हजार रुपैयाँ रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए ।

सुपरमार्केटको स्टोरकिपरमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ खर्च लाग्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्मालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077