Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • आकाश र रेखा अभिनित फिल्म ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक

    आकाश र रेखा अभिनित फिल्म ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक भएको छ ।

    आकाश श्रेष्ठ र रेखा शाहको शीर्ष भूमिका रहेको फिल्मको ट्रेलरमा मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको छ ।



    मिलन आले मगर निर्देशित फिल्मको ट्रेलरअनुसार रेखाको प्रेममा रहेका आकाश एक दुर्घटनापछि उनीबाट टाढिन खोजेको देखिन्छ ।

    त्यसपछि घटनाक्रमले उतारचढावपूर्ण रुप लिन्छ । फिल्ममा सलोन बस्नेतको पनि महत्वपूर्ण भूमिका छ । जहाँ उनी चुलबुले स्वभावको रुपमा प्रस्तुत छन् ।

    फिल्ममा सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ र बाल कलाकारमा अर्विन थिङ्गको पनि अभिनय छ ।

    नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माणमा भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ ।

    विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता राज लामा हुन् । त्यस्तै प्रमोद कुमार तामाङ र महादेव शाह सहनिर्माता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार