Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बौद्ध र जोरपाटी क्षेत्रमा गुण्डागर्दी गर्ने ५ जना प्रहरी फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बौद्ध र जोरपाटीमा गुण्डागर्दी गर्ने ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं.६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३६ वर्षीय भीमबहादुर बस्नेत, ३५ वर्षीय गोविन्द गजमेर र चौताराका ३५ वर्षीय प्रविण तामाङ रहेका छन्।

उनीहरु जोरपाटी बौद्धमा सर्वसाधारण व्यक्तिहरूसँग अनावश्यक विवाद गरी डरत्रास, तर्साउने गर्नुका साथै सर्वसाधारणहरूलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार जोरपाटीबाट पक्राउ गरेको हो ।

उनलाई गरी मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077